

नेपालको अति सुन्दर रमणीय तथा आकर्ष पर्यटकीय स्थल ढोरवाराहीको आँगन, शुक्ला गण्डकीको तट, माछापुच्छ्रे, अन्नपूर्ण तथा धौलागिरी जस्ता मनोरम हिमश्रृंखलाहरुको काखमा अवस्थित गण्डकी अंचल, तनहूँ जिल्लाको दुलेगौडा बजारमा सहकारिताको माध्यामवाट बिभिन्न ग्रामिण तथा शहरी क्षेत्रमा छरिएर रहेको पूंजीलाई संकलन गरी बिभिन्न तह र तप्काका एबं गरीवीको रेखामुनी रहेका यस क्षेत्रका बासिन्दाहरुलाई निजहरुकै चाहना र आवश्यकता अनुसार बिभिन्न साना उद्योग, कृषि, पर्यटन, व्यापार, हस्तकला तथा स्थानिय कच्चा पदार्थहरुको हुनसक्ने बस्तुहरुको राष्ट्रिय उत्पादन दरमा बृद्धि, रोजगारीको अवसरमा अभिबृद्धि आदि सीपमूलक तथा आयमूलक कार्यक्रममा लगानी गरी गरीवी निवारण गर्न ऋण सहायता प्रदान गर्ने उद्धेश्यले स्थानिय क्षेत्रमा बसोबास गरेका व्यापारी, उद्योगपति, शिक्षक, कर्मचारी, प्राध्यापक तथा लामो समयदेखि बैकिङ्क, बित्तिय तथा सहकारीको क्षेत्रमा कार्यगरी बिशेष अनुभव हासिल गरेका लव्ध प्रतिष्ठित व्यक्तिहरुवाट अधिकतम पूँजी ५,००,००,००० -पांच करोड रुपैया) मा सहकारी ऐन २०४८ बमोजिम यस शुभकामना बहुउद्येश्यीय सहकारी संस्थाको स्थापना भएको हो ।